स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा १ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि २–१ गोलको जित दर्ता गरेको हो । 

रोनाल्ड आराउजोले बेन्चबाट उत्रेर इन्जुरी टाइमको अन्तिम क्षणमा निर्णायक गोल गरेपछि बार्सिलोना ले जिरोनालाई २–१ गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा पुनरागमन गरेको हो ।

ad

अन्तर्राष्ट्रिय ब्रेकअघि लगातार दुई हार बेहोरेको हान्सी फ्लिकको टोलीले आफ्नै क्याटलान प्रतिद्वन्द्वीविरुद्ध जितको ट्र्याकमा फर्किनका लागि नाटककीय रूपमा अन्तिमसम्म कुर्नु परेको थियो । 

पेड्रीले उत्कृष्ट फिनिसिङ गर्दै घरेलु टोलीलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । तर जिरोनाका लागि एक्सेल विटसेलको उत्कृष्ट ओभरहेड किकमा २० औं मिनेटमा बराबरी गोल फर्काए ।

गोल थप्नका लागि दुवै टोलीले धेरै अवसर पाएका थिए, तर इन्जुरी टाइमको अन्तिम क्षणसम्म पनि गोल हुन सकेन । अन्त्यमा, सब्सटिच्युट खेलाडी आराउजोले सहज रूपमा गोल गर्दै बार्सिलोनालाई रियल म्याड्रिड भन्दा एक अंकले अगाडि पु¥याएका छन् । रियल म्याड्रिडले आइतबार गेटाफेसँग खेल्दैछ ।

ला लिगाले बार्सिलोनाको डिसेम्बरमा भिल्लारियलसँग हुने खेललाई मियामीमा सार्ने निर्णयको विरोधमा खेलको किक–अफपछि दुवै टोली १५ सेकेन्डसम्म चुपचाप उभिएर विरोध जनाएका थिए ।

ला लिगाकै अन्य खेलमा भिल्लारियल र रियल बेटिसले २–२ गोलको बराबरी खेल्दा

मालोर्काले सेभिल्लालाई ३–१ गोलले स्तब्ध बनाएको छ । यसैगरी एस्पानोलले रियल ओभिडोलाई २–० ले पराजित गरेको छ ।