इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनलले फुलह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै शीर्ष स्थानको आर्सनलले तालिकामा ३ अंकको अग्रता लिएको छ ।

आर्सनलको जितमा लिएन्ड्रो ट्रोसार्डले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । क्रेभेन कटेजमा खेलको ५८ औं मिनेटमा ट्रोसार्डले कर्नर किकबाट गोल गरेका थिए । आर्सनलले त्यसपछि बुकायो साकाले पाएको पेनाल्टीबाट अग्रता दोब्बर पार्ने मौका पाएको थियो । तर भारले उक्त निर्णय उल्ट्याइदियो ।  अन्ततः १–० को अग्रता कायम राख्दै नर्थ लन्डनको टोलीले साँघुरो जित हासिल ग¥यो र दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंकले अगाडि रह्यो ।

ad

 उता पराजित भएको फुलह्याम भने १४ औं स्थानमा छ । प्रिमियर लिगमा आठौं चरणको खेल जारी रहँदा लिभरपुल भने ७ खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा छ । 
प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी सन्डरल्याण्डले उल्भसलाई २–० गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसर एएफसी बर्नमाउथले ३–३ गोलको बराबरी खेलेका छन् । 

यस्तै, बर्नलेले लिड्समाथि २–० को जीत दर्ता गर्दा ब्राइटनले न्यूक्यासल युनाइटेडमाथि २–१ गोलको जित निकाल्न सफल भयो । चेल्सीले नटिङघम फरेस्टमाथि ३–० को सहज जित निकालेको छ । 

प्रिमियर लिग अन्तर्गत आज पौने सात बजे टोटनह्याम र एस्टन भिल्ला तथा राति पौने ९ बजे लिभरपुल र म्यानचेस्टर युनाइटेड आमने सामने हुने छन्  ।