काठमाडौं । जेनजी प्रदर्शनका क्रममा टीओबी (टिबेटियन ओरिजिनल ब्लड) लेखिएको ज्याकेट लगाएर प्रदर्शनमा सहभागी तेन्जिङ दावा लामाले नक्कली जन्मदर्ता गराएर नागरिकता लिएको पुष्टि भएको छ । 

जेनजी प्रदर्शनका क्रममा अश्लील बोल्दै उनले ‘मलाई मेरो देश फिर्ता ले’ भन्दै चर्को नारा लगाएका थिए । 
उनले काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ कार्यालयबाट फर्जी सिफारिस बनाएर शनिबारका दिन जन्म दर्ता गरेका थिए । 

ad

०६३ साल चैत १० गते शनिबारको नक्कली जन्मदर्ताको सिफारिसको ढड्डा भदौ २४ को आगलागीमा डढाइएको थियो । 

अर्थात् तेन्जिङलाई नागरिकता दिलाउन टेकिएको आधार नै गलत ठहरिएको छ । यसबारे प्रहरीको बयानमा उनले आमाले के,कसरी सिफारिस बनाइदिनुभयो आफू जानकार नरहेको बयान दिएका छन् । 

तेन्जिङले सोही नागरिकताका आधारमा राष्ट्रिय परिचयपत्र र राहदानीसमेत बनाइसकेका छन् । सोही राहदानीमार्फत उनी अष्ट्रेलिया जाने तयारीमा रहेको बुुझिएको छ ।