
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना माग गर्नु हास्यास्पद रहेको बताएका छ्न् ।
पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, तत्कालीन राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो,’ प्रचण्डले भने, ‘अहिले उनीहरूकै समूहले संसद पुनर्स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण हो ।’
एमालेले केन्द्रीय समितिको बैठकबाट संसद् पुनर्स्थापनालाई मुख्य मुद्दा बनाएको भोलिपल्टै प्रचण्डले केपी ओलीले संसद् पुनर्स्थापनाको माग गर्नुलाई हास्यास्पद र विडम्बनापूर्ण भनेर टिप्पणी गरेका हुन् ।









Facebook Comments