काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्वाचनको वातावारण बनाउन दलहरूलाई आग्रह गरेकी छिन् । निर्वाचनको तयारीका लागि उनले राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेकी हुन् ।

शुक्रबार उनले माओवादी केन्द्रका  नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग छलफल गरेकी छन् । छलफलमा उनले सरकार तोकिएको समयमा निर्वाचन गराउन दृढ गरेको प्रतिबद्धता जनाएकी छन् ।

ad

‘सरकारले समयमै निर्वाचन गर्छ । हामी वातवारण बनाउन प्रतिबद्ध छौं,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘राजनीतिक दलहरुले दृढतापूर्वक निर्वाचनको वातावण बनाउनु पर्‍यो । निर्वाचन सम्बन्धी प्रक्रियामा सहभागी हुनुपर्‍यो । सरकार चुनावको पक्षमा छ । सरकारले चुनाव गराउँदैन कि भनेर शंका नगर्नुस् ।’ उनले सरकारको मुख्य काम नै निर्वाचन गराउने भएको प्रतिबद्धता जनाइन् ।

माओवादी नेताद्वय श्रेष्ठ र पुनले आफ्नो पार्टीले अरु दलभन्दा पहिले चुनावमा जाने निर्णय गरिसकेकाले तयारीमा लागिसकेको बताएका थिए ।

‘हामीले अरु दलभन्दा पहिले नै चुनावमा जाने निर्णय गरिसक्यौँ । चुनावी तयारी पनि सुरु गरिसकेका छौँ,’ उनीहरुको भनाइ थियो, ‘अरु पार्टीलाई चुनावमा जान प्रेरित गर्छौं ।’

उनीहरूले सरकारले चुनाव बनाउने वातावरण दृढतापूवृक अघि बढ्न र आफ्नो दलको तर्फबाट सघाउने बताए । ‘समाजमा शान्ति सुरक्षाको आशंका छ । डरको वातावारण छ । शान्ति सुरक्षा राम्रो बनाउनुस्,’ पुनले भेटवार्ताबारे जानकारी दिए, ‘चुनावमा हाम्रो सहयोग रहन्छ । हामी अरु दलसँग छलफल गर्छौं ।’

प्रधानमन्त्री कार्की समयमै चुनाव गराउन दृढ रहेको आफूले पाएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको भेटवार्तामा सरकार विवादास्पद काम गर्ने पक्षमा नरहेको उल्लेख गर्दै कार्कीले अरु दलसँग निर्वाचनको वातावरण बनाउन कुराकानी गर्ने बताएकी थिइन् ।