काठमाडौं । यही असोज २९–३१ गतेदेखि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठकले २२ बुँदे समसामयिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बैठकमा उपस्थित केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालयसम्बद्ध केन्द्रीय पदाधिकारीले आफ्नो सुझावसहितको मन्तव्य राखेका थिए। 

ad

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ सुझावसहित सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

उनले भने,ʻपारित प्रस्तावमा भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार र हत्या, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग सम्बन्धमा दुष्प्रचार, नियोजित षड्यन्त्रका सम्बन्धमा, निर्वाचनका सम्बन्धमा जोखिमपूर्ण बन्दै गएको, शान्ति सुरक्षाको स्थिति, भ्रष्टाचार नियन्त्रण र सुशासन नवयुवा पुस्ताको सरकार, लोकतान्त्रिक शक्तिहरूलाई सहयोगका लागि आह्वान पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउनुपर्ने, देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकोले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आमनागरिकलाई आह्वान गरिएको छ।ʼ 

यस्तै बैठकले पार्टीको आगामी महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरिएको छ। 

पूर्णपाठ