
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कार्तिक १ गते शनिबार बस्ने गरी बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहितलगायतले धारणा राखेका थिए ।
विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक शनिबार बस्नेगरि स्थगित गरिएको प्रवक्ता डा. महतले जानकारी दिए ।
बैठकमा नेताहरूले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् ।
बैठकमा निर्वाचनको मिति तय भएपनि सरकारले त्यसको तयारी गर्न नसकेको, राजदूत फिर्ताको काम लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको प्रवक्ता महतले बताए ।
त्यस्तै जेन–जी आन्दोलनपछिको परिस्थिति, संसद् विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठनलगायतका विषयमा पनि धारणा आएको उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति शनिबार बस्ने र त्यसपछि छठ पछि बस्ने गरी तय गरिने उनले जानकारी दिए ।









Facebook Comments