
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अप्ठ्यारो बेलाको साथी भएको दाबी गरेका छन् । बुधबार देखी जारी बैठकको समापन कार्यक्रममा बोल्दै ओलीले सदस्यता नवीकरणको माग गर्नेहरूलाई माईती बनेर नआउन आग्रह गरेका छन् ।
भण्डारीले पार्टी अप्ठ्यारोमा परेको बेला आएर सघाउनुपर्ने बताए । ओलीले भने, ‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु’ ओलीले भने, ‘जब उहाँ असजिलो अवस्थामा हुनुुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ ।’
‘कसैले यहाँ ठूला कुरा नगरौँ । म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ,’ उनले भने, ‘बरु उहाँले आएर सघाउनुपर्ने हो ।’









Facebook Comments