काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार सकिएको छ । मंसिरको अन्तिम साता ११औं महाधिवेशन गर्ने निर्णय गर्दै बैठक सकिएको हो । 

बैठकले सरकारले निर्वाचनको वातावरण नबनाएको निष्कर्ष निकालेको छ । एमालेको निष्कर्ष छ,’अहिले बहुआयामिक संकटमा धकेल्ने अवस्था छ । निर्वाचन हुन नसक्ने अवस्था छ । एमाले संसद् पुनर्स्थापनाको माग गर्दछ ।’

ad

एमालेले नयाँ नेतृत्व चयन गर्न मंसिर २७, २८, २९ मा ११औं महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।