
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पार्टीको नियमित १५ औँ महाधिवेशन आगामी मंसिर मसान्तभित्रै गर्न प्रस्ताव गरेका छन्।
महामन्त्री थापाले १५ औँ महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्न प्रस्ताव गरेका छन्। दुई विकल्पसहित नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन्।
उनले यसका लागि सदस्यता वितरण र व्यवस्थापन गर्न १६५ वटै क्षेत्रमा १५ दिन केन्द्रबाट अधिकारसम्पन्न आवासीय प्रतिनिधि खटाउन प्रस्ताव गरेका छन्।
यस्तो छ महामन्त्री थापाको प्रस्ताव









Facebook Comments