काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले चुनाव अगाडि नै कांग्रेसमा रुपान्तरण र पुस्तान्तरण हुुनुपर्ने माग गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको जारी बैठकमा बोेल्दै उनले पार्टीले पुस्तान्तरण र रुपान्तरणको युवा मुद्दा पार्टीले सम्बोधन गर्नुपर्ने बताए । पार्टी नेतृत्वमा युवा सहभागिता वृद्धि गर्न जरुरी भईसकेको उनको भनाई छ ।

ad

उनले मुलुकमा भएको जेनजी आन्दोलनलाई शङ्काका रूपमा नहेरी त्यसले उठाएका मूल मुद्दा सम्बोधन हुनुपर्नेमा जोड दिए।  हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ, पौडेलले भने ।  

पौडेलले वडा तहदेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुने गरी नेतृत्व छनोटको प्रस्ताव गरेका छन्।उनले अब कांग्रेसले कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नुपर्ने बताए ।