
काठमाडौं । नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक आज पनि जारी छ ।
यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राखिरहेका छन् । यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखिसकेका छन् ।
आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राखिरहेका छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु रहेका छन् । स्थायी र पदाधिकारीलाई पनि पनि तीन मिनेटकै समय उपलब्ध गराइएको छ। सबैले धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ ।
बैठकमा केही केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीको राजीनामा माग गरेका छन् । आजको बैठकमा केन्द्रीय सदस्य ठाकुर गैरेले अब पार्टी रुपान्तरण गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गनुपर्ने बताए । यस्तै केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि यही संरचना लिएर चुनाव वा आन्दोलनमा जान नसकिने भन्दै अध्यक्ष ओलीको राजीनामा माग गरिन् ।









Facebook Comments