
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौलाले आगामी फागुन २१ गते चुनाव हुन नसक्ने बताएका छन् ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना नभए मुलुक अर्को दुर्घटनामा फस्न सक्ने चेतावनी दिए ।
घोषित मितिमा निर्वाचन पनि नगर्ने र अर्कोतर्फ जनप्रतिनिधिमुलक सर्वोच्च संस्था संसद् पनि नहुने हो भने मुलुक अर्को भयानक संकट र दुर्घटनातर्फ उन्मुख रहने खतरा सुनिश्चित रहेको उनले बताए ।
उनले भने, ‘आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेश सहित असंवैधानिक ढङ्गले बनेको यो सरकारले निर्वाचन गराउँदैन भन्ने कुरा उसका सुरुदेखिकै व्यवहार र गतिबिधीहरूबाट घाम जत्तिकै छर्लंग हुँदै गएको छ।’
सरकार निर्वाचनको वातावरण बनाउनेतर्फ भन्दा पनि मुलुकमा डर, भय, त्रास र आतंक सिर्जना गरेर सत्तामा रहिरहन चाहेको उनको आरोप थियो।









Facebook Comments