
काठमाडौं । बुधबारबाट सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा दोस्रो दिनसम्म १ सय ८४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।
एमालेको केन्द्रीय समितिमा ३ सय ६७ जना केन्द्रीय छन् । बैठकको पहिलो दिन ५० जना सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।
अध्यक्ष केपी ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्दै संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने सुझाव दिएका छन् ।
अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताइएको छ ।
बैठकले सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको छ । बैठक शुक्रबार बिहान ८ बजेदेखि पुनः बस्नेछ।









Facebook Comments