काठमाडौं ।  रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबीच शीतल निवासमा वार्ता चलिरहेको छ । छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीसहित जेनजीहरु सहभागी छन् । 

बिहीबार अपराह्न साढे ५ बजेदेखि जेनजीका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले छलफल गरिरहेका हुन् । छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता लगायत जेनजीहरु सहभागी छन् ।

ad

त्यस्तै ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशीसहितका जेनजीहरु पनि छलफलमा सहभागी छन् ।