काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विद्या भण्डारीको पार्टी सदस्यता नरोक्न र भीम रावललगायतको कारबाही फिर्ता गर्न माग उठेको छ । 

केन्द्रीय सदस्य झपट रावलले आफ्ना भनाइ राख्ने क्रममा पार्टीका पूर्वाउपाध्यक्ष रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने उनले बताए ।

ad

 ‘देश गम्भीर संकटमा छ, संविधान मुर्छित, लोकतन्त्र घाइते र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा छ,’ उनले भने ‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्थपरक बनौं, घनघोर षड्यन्त्र र आक्रमणको सम्भावना टरेको छैन ।’

२२ गतेभन्दा अघिको र पछिको शक्तिसन्तुलनमा व्यापक फेरबदल भएको उल्लेख गर्दै उनले जनता एकातिर हुँदा पार्टी सदस्यहरू भने अर्कोतिर हिँडिरहेको आरोप लगाए ।