
काठमाडौं । जनमत पार्टी विभाजनविरुद्ध अध्यक्ष सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले राजनीतिक दलसम्बन्धि ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने भन्दै रिट दायर गरेको बताएका छन् ।
राउतले निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । उपाध्यक्ष रहेका दीपककुमार साहसहितले जनमत पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेपछि राउत सर्वोच्च पुगेका हुन् । सर्वोच्चले राउतको रिटको पेसी शुक्रबारलाई तोकेको छ ।









Facebook Comments