
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफलका लागि ८ एजेन्डा तय गरिएको छ। आज बिहान पदाधिकारी, पूर्व पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरू सम्मिलित संयुक्त बैठकले लामो छलफलपछि ती एजेण्डाहरु तय गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठक आजै केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । मंगलबारबाट सुरु भएको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिएका थिए। मंंगलबारको बैठक देउवाको सम्बोधनपछि सकिएको थियो ।
यस्ता छन् एजेण्डाहरु
१ जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा
२ पार्टीको १५औं महाधिवेशन तयारी सन्दर्भमा
३ प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन सन्दर्भमा
४ तोडफोड र आगजनीबाट भग्नावशेष भएका केन्द्रीय कार्यालयलगायतका मुलुकभरका विभिन्न पार्टी कार्यालयहरू पुनःनिर्माण सम्बन्धमा
५ मुलुकको शान्ति सुरक्षा र क्षतिपूर्ति तथा पुनः निर्माणका सम्बन्धमा
६ प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनःनिर्माण सम्बन्धमा
७ कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा।
८ विविध









Facebook Comments