काठमाडौं । बुद्ध एयरका सञ्चालकसमेत रहेका वीरेन्द्रबहादुर बस्नेतसहितको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । उक्त पार्टीको नाम गतिशील लोकतान्त्रिक पार्टी नाम रहेको छ ।

‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ’ नारासहित दर्ताका लागि निवेदन दिइएको छ । उनीहरुले निर्वाचन आयोग पुगेर बिहीबार दल दर्ताका लागि निवेदन दिएका हुन् । सो पार्टीको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं र महासचिवमा पियुषप्रसाद कायस्थ रहेका छन् । 

ad