काठमाडौँ । पूर्वमहान्यायाधिवक्ताहरूले सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्ध  आफैं रिट लिएर सर्वोच्च अदालतमा नजान सुझाव दिएका छन् ।

सभामुख घिमिरेले प्रतिनिधि सभा पुनःस्थापना माग गर्दै अदालतमा रिट लिएर जाने विषयमा आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पूर्वमहान्यायाधिवक्ता भरतबहादुर कार्की, खम्मबहादुर खाती र महादेव यादवसँग छलफल गरेका थिए । 

ad

कार्की र खातीले संसद् पुनस्थापना हुनुपर्ने भनेका थिए भने यादवले निर्वाचनमा जानुपर्ने राय दिएका थिए । तर तीनै जनाले सभामुख आफैं रिट बोकेर अदालत जाँदा राजनीतिक दलहरुमाथि थप प्रहार हुनसक्ने धारणा राखेका थिए ।

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएका छन् । रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुख घिमिरेले बुधबार राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। त्यस्तै सभामुख घिमिरेले कानुन व्यवसायीहरूसँग पनि छलफल गर्दैछन्।