काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई पदत्याग गर्नेलगायत चार विकल्प सुझाएका छन् । सचिव भट्टराईले चार विकल्प प्रस्तुत गरेका हुन् । 

ओलीले पदत्याग गर्ने मनसाय नदेखाएको भन्दै उनले जारी केन्द्रीय कमिटीको मनोविज्ञान ओलीको निरन्तरताको पक्षमा रहेको बताए । 

ad

सचिव भट्टराईले अध्यक्ष ओलीलाई सार्वजनिक रूपमा प्रश्न उठेका कारण अध्यक्षबाट राजीनामा दिन सुझाब दिए । यो उनले दिएको पहिलो विकल्प हो । कार्यवाहक दिएर महाधिवेशनमा जाने निर्णय लिन सक्ने उनले बताए ।

ओलीसँग दोस्रो विकल्प भने महाधिवशेनपछि अध्यक्ष छोड्ने पूर्वसर्तमा महाधिवेशनमा जाने रहेको छ । भट्टराईले अध्यक्ष ओलीले ११औँ महाधिवेशनसम्म अध्यक्ष नछोड्ने, तर महाधिवेशनमा दाबी नगर्ने गरी जान सकिने पनि उल्लेख गरेका हुन् ।

भट्टराईका अनुसार तेस्रो विकल्प भने दुई कार्यकालको व्यवस्था पुनर्स्थापित गर्ने । त्यसो गर्दा अध्यक्ष ओलीलाई हटाएको सन्देश नजाने भएकोले दुई कार्यकाल पुनर्स्थापित गर्नु राम्रो हुने पनि उल्लेख गरेका छन् । 

सचिव भट्टराईले चौथो विकल्पमा भने फेरि निर्वाचित भएर आउने विकल्प रहेको बताएका छन् ।