काठमाडौं । सुपर सिक्सअन्तर्गत आज सम्पन्न खेलमा युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान आइसीसी टी–२० विश्वकप २०२६ को लागि छनोट भएका छन् ।

त्यस्तै कतार र सामाओ भने विश्वकपको छनौट दौडबाट बाहिरिएका छन् । अब नेपाल र ओमान भारत र श्रीलंकामा आगामी माघ २४ देखि फागुन २४ सम्म आयोजना हुने विश्वकपमा सहभागी हुनेछन् । 

ad

आज केहीबेरपछि सुपर सिक्सको खेलअन्तर्गत नेपाल र ओमान भिड्दै छन् ।   

एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनौट हुने तेस्रो देशको टुंगो भोलि हुने युएई र जापानबीचको खेलबाट लाग्नेछ ।