
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गरेका थिए। उनलाई ६ दलको समर्थन थियो ।
काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए।
जनमतका १३ प्रदेश सांसदले उनलाई समर्थन गरेका थिए । सो दाबी अध्ययनपश्चात् प्रदेश प्रमुखले सोनललाई मुख्यमन्त्रीमा नियुक्ति गरेकी हुन् ।










Facebook Comments