काठमाडौं । एमाले केन्द्रीय कमिटीको जारी बैठकमा बोल्ने बिषयमा हो–हल्ला भएको छ ।

महासचिव शंकर पोखरेलले बैठकमा केन्द्रीय सदस्यहरुबाट धारणा राख्न शुरु गर्ने बताएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असहमति जनाउँदै पदाधिकारीबाट बोल्न शुरु गर्नुपर्ने बताएका थिए । त्यसपछि केही केन्द्रीय सदस्यहरुले उनको कुरा सही भएको बताएका थिए ।   

ad

केन्द्रीय सदस्यहरूले पहिले पदाधिकारीहरूले बोल्नुपर्ने भनेपछि बैठक हलमा होहल्ला भएको थियो ।