काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावको वातावरण बनाउनका लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको भन्दै सरकार उल्टोउल्टो बाटो हिंडिरहेको टिप्पणी गरेका छन् ।

आजबाट शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दशौं बैठकमा ६ पेजको १५ बुँदे राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले ‘सरकार उल्टोउल्टो बाटो हिँडिरहेको छ। सरकारको आडमा बसेर पुराना राजनीतिक दलहरूलाई बाहिर निस्कनै नदिने, चुनावमा भागै लिन नदिने, मुद्दा लगाइदिने, जिते परिणाम खारेज गर्ने जस्ता उत्तेजक र निषेधकारी धम्की दिने विभिन्न विवादास्पद पात्रहरूलाई संरक्षण र दुरूत्साहन गरिरहेको छ, भनेका छन्। उनले सरकारको गतिविधि चुनावतिर नभई भिडन्ततिर उन्मुख रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

ad

उनले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकोले पुनर्स्थापनामा जोड दिएका छन्। ओलीले आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव पनि गरेका हुन्।