काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् ।

आजदेखि शुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले देशलाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्ने बताए ।

ad

उनले एमालेका नीतिहरु राम्रा भएकाले जेनजी आन्दोलनमा एमाले प्रहारको निशाना बनेको पनि बताए ।

उनले एमालेले देश र जनताको हितमा काम गरेको दावी समेत गरे । उनले एमाले एकछिन सरकारबाट हट्दा सधैंका लागि हट्यो भनेर भ्रममा नपर्न समेत आग्रह गरे ।