
काठमाडौं । पूर्व सभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।
विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले आइतबार पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा हिजो महराको बकपत्र र त्यसपछि थुनछेक बहस सुरु भएको थियो ।
हिजो थुनछेक बहस नसकिएपछि महरा हिरासतमै पठाइएको थियो । आज महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका छन् । महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।









Facebook Comments