
काठमाडौं । देशभरका विमानस्थलमा कार्यरत एयर ट्राफिकहरुको पेसागत संगठन नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का)को १४औँ कार्यसमितिका लागि मुरारीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको निर्वाचनमा उपाध्यक्ष (पेसागत) हिना झा, उपाध्यक्ष (प्राविधिक) वियनकुमार श्रेष्ठ चुनिएका छन् ।
त्यस्तै, महासचिव गौरव देउजा, कोषाध्यक्ष निशान्त कुमार झा, सदस्यहरुमा खुमप्रसाद पौडेल, सुष्मा शर्मा, गणेश डुम्रे, सितेश कर्ण, सुजन गिरी र प्रकाशचन्द्र ढकाल चुनिएको निवार्चन समितिले जनाएको छ ।








Facebook Comments