
काठमाडौं । मधेसमा नयाँ सरकार गठनको लागि नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको बैठक पनि जारी छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल र एकीकृत समाजवादी दलबीच छलफल चलिरहेको छ ।
बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन् । सहभागी एक नेताका अनुसार कांग्रेस र एमालेबाहेकको विकल्पको सरकार बनाउने गरी प्रयास भइरहेको छ । बैठकमा जसपाबाट मनीष सुमन सहभागी छन् भने अन्य दलका दलका नेताहरू सहभागी छन् ।
लोसपाको नेतृत्वमा सरकार बनाउने गरी विमर्श जारी रहेको ती नेताको भनाइ छ । १०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक छ ।
जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्बित छन् । यद्यपि यसअनुसार सरकार बनाउन सकिन्छ ।
मधेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन एमाले र जनमतले समेत कसरत गरिसकेको छ । गत असोज २२ गते यी तीन दलका दलका नेताले ५८ प्रदेश सांसदको समर्थन आफूसँग रहेको दावी पेश गरेको थियो ।
यद्यपि प्रदेश प्रमुखले आह्वान नगरको र मुख्यमन्त्री सतिश सिंहले ३० दिन भित्र विश्वासको मत लिने समय रहेकै भन्दै त्यो दावी असंवैधानिक रहेको थियो ।
आज पनि कांग्रेस र एमालेले त्यसको लागि जनमतलाई मिलाएर मन्त्रालयको भागन्डा गरी भोलि दाबी पेस गर्ने प्रयास जारी राखेको छ ।
मधेशमा एमालेको २५, कांग्रेसको २२ सिट छ । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ ।









Facebook Comments