
काठमाडौं । चालु आर्थिक वर्षको भदौमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत बढेको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएकाले रेमिट्यान्स आप्रवाह उच्च दरमा बढेको हो । गएको साउन र भदौ महिनामा मात्र रेमिट्यान्समार्फत ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । यस्तै, २०८२ भदौ महिना मात्र १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको भदौ महिनामा १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८ सय ८४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ रहेको थियो ।
यस्तै गत भदौसम्म मुलुकको विदेशी विनिमय (मुद्रा) सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा कुल विदेशी मुद्रा सञ्चिति ७।६ प्रतिशतले बढेको हो । गत असारमा मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४।७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको
छ।








Facebook Comments