काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

एक महिनापछि  सार्वजनिक भएका देउवाले आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई पार्टीको विधानअनुसार कार्यवाहकको जिम्मेवारी दिएका हुन् । 

ad

देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको बताएका छन् । उनले भने– ‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ ।