काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज मध्यान्हसम्ममा सर्वोच्च अदालतमा पाँच रिट दायर भएका छन् । मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।  

भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा खण्डहर बनेको सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता गर्न शुरु गरेको हो । संसद विघटनविरुद्ध 

ad

पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवाल, दोेस्रोमा अधिवक्ता कृतिनाथ शर्मा पौडेल, तेस्रोमा युवराज सफल पौडेल, चौंथोमा विपना शर्मा र आयुष बडाल र पाँचौंमा मकबुल मियाको रिट परेको छ ।