
काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोटमा नेपाल ५ रनले विजयी भएको छ ।
ओमानमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो । जितसँगै नेपाल विश्वकप क्रिकेट खेल्ने लगभग पक्का भएको छ ।
नेपालविरुद्ध १४८ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरको १ बल बाँकी हुँदा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।
नेपालको जितमा सन्दीप लामिछाने नायक बने । उनले ५ विकेट लिए ।
सन्दीपले सुरुआती सफलता पनि दिलाएका थिए । सन्दीपले ३.५ ओरमा १८ रन खर्चिएर ५ विकेट लिएका हुन् । यसैगरी नन्दन यादवले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २० रन खर्चिएर १ विकेट लिए ।
कतारका इमाल लियांगेले ५६ तथा जुबेर अलीले ५२ रनको पारि खेल्दै नेपाललाई दबाबमा राखेका थिए । मुहमद असिम अलीे १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएरु १४७ रन बनाएको हो । नेपालको पारिमा कप्तान रोहित पौडेलले अर्धशतकीय पारि खेले । उनले ४१ बलमा ५८ रनको पारि खेल्दा १ छक्का र ७ चौका प्रहार गरेका थिए ।
यसैगरी दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन बनाए ।
त्यस्तै गुल्सन झाले ८ बलमा १६ रन बनाउँदा २ छक्का प्रहार गरे । यस्तै सोमपाल कामीले १४ रन बनाउँदा आशिफ शेख ११ रनमा पभेलियन फर्किए । कुशल मल्ल् ८ तथा कुशल भुर्तेल ६ रनमा पभेलियन फर्किए । आदिल अन्सारी २ रनमा आउट भएका थिए । कतारका मिराज मोहमद र दानिल आर्चर मारिया लुइसले तीन तीन विकेट लिए ।








Facebook Comments