
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर नयाँ दल दर्ता गर्नेलाई २० प्रतिशत पुगे नपुगेको यकिन गर्नका लागि सनाखत गराउने निर्वाचन आयोगले निर्णय गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको आयोग उच्च स्रोतले जनाएको हो ।
केन्द्रीय समितिबाट २० प्रतिशत फुटाएर नयाँ दल दर्ता गराउने भनेर निवेदन परेको, तर दाबीअनुसार २० प्रतिशत छ कि छैन भनेर यकिन गर्न सनाखत गराउने निर्णय गरेको आयोगका एक पदाधिकारी बताए ।
दाबीअनुसार २० प्रतिशत पुगेको अवस्थामा नयाँ दल दर्ताका लागि प्रक्रिया अघि बढ्नेछ ।
जनमतका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादव सहित २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए ।









Facebook Comments