सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध औपचारिक रूपमा मुद्दा दर्ता भएको जानकारी दिए । 

उनीमाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो तथा ३ वर्षभन्दा बढी कैद सजाय माग गरिएको छ । मंगलबार महराविरुद्ध थुनछेक बहस हुने भएको छ । बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्ने निर्णय दिनेछ ।

ad

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।