काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै देशभर नै महाधिवेशन प्रतिनिधिहरुको संकलित हस्ताक्षर भोलि मंगलबार पेश गरिने भएको छ ।

मंगलबार बस्ने केन्द्रीय समिति समिति बैठकअगावै हस्ताक्षर पेश गरिने एक नेताले जानकारी दिए । उक्त हस्ताक्षर आज दिउँसो पेश गरिने भनिएता पनि स्थगित गरिएको थियो । देशभरका ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर भएको दावी गरिएको छ । 

ad

भोलि दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। उक्त बैठकअघि विशेष महाधिवेशन माग गर्ने प्रयोजनका कारण समेत खुलाएर लागि ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउन लागिएको बताइएको छ ।