काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले आगामी फागुन २१ गते तोकिएको निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन गर्न माग गरेको छ ।  

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले  युवाहरूको भावनालाई आत्मसात गर्दै निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन गर्न माग गरेका हुन् । उनले  महाधिवेशन गरेर पार्टीलाई शुद्धीकरणतर्फ अघि बढाउनुपर्ने बताए । 

ad

जेन–जी आन्दोलनको क्रममा अराजकता मच्चाउने र गोली ठोक्न आदेश दिने दुवै पक्षलाई कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने समेत उनले बताए । उनले नेविसंघको बटमलाइन अराजकता मच्चाउनेहरु र गोली ठोक्न आदेश दिनेहरुलाई कानूनी कारबाही गर्नुपर्छ भन्ने रहेको स्पष्ट पारेका छन् । उनले प्रहरी प्रशासनले जेन–जीको नाममा भइरहेको अराजकता नियन्त्रण नगरेमा नेविसंघले नियन्त्रणको जिम्मा लिने पनि बताए ।


नेविसंघले आन्दोलनका क्रममा सुनियोजितरूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न पनि माग गरेको छ ।