काठमाडौं । प्यालेस्टिनी विद्रोही संगठन हमासले थप १३ जना जीवित बन्धकलाई हस्तान्तरण गरेको छ ।

पहिलो चरणमा ७ जनालाई पठाइएको थियो । हमासले पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना बन्धकलाई रेडक्रसको जिम्मा लगाएको हो । उनीहरु सबै इजरायली नागरिक हुन् । 

ad

रिहाइ गरिएकालाई भिडियो कलमार्फत परिवारसँग कुराकानी गर्न दिइएको छ । हमासले आज बिहानमात्र रिहा गरिने २० बन्धकको सूची सार्वजनिक गरेको थियो । जसमा नेपालका विपीन जोशीको नाम समावेश थिएन ।

हमासले जीवित बन्धकको रिहाइ गरिसकेपछि मृतकको शव हस्तान्तरण गर्ने जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई सबै मृतकको शव हस्तान्तरण गर्ने तयारी भएको बताएका छन् ।