काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुबेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

प्रचण्डका प्रेस संयोजक गोविन्द्र आचार्यले उजुरी दिएको जानकारी दिए। सुवेदीले एक अन्तरवार्ताका क्रममा भदौ २३ गतेको आन्दोलन हुने भएपछि दुई दिन अगाडि नै प्रचण्डको घरबाट दुइटा ट्रकमा दुई करोड पैस‍ा बाहिर लगिएको भन्ने अभिव्यक्ति दिएका थिए ।

ad


सुवेदीले गलत र तथ्यहीन प्रचार गरेर भ्रम  सिर्जना गराउनुका साथै चरित्रहत्या गरेको भन्दै प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उजुरी दिएका हुन् । संयोजक प्रचण्डको सचिवालयका तर्फबाट आइतबार ब्युरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।