काठमाडौँ । नेकपा एमालेले पार्टीको ११ औँ महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ। 

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ad

महाधिवेशनको मिति र स्थान भने असोज २९ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकले तय गर्ने छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सत्ता गुमाएको एमालेभित्र नेतृत्व परिवर्तनका लागि दबाब परेको थियो ।

२०७८ सालमा १०औं महाधिवेशन गरेको एमालेको नियमित महाधिवेशन २०८३ सालमा हुनुपर्ने थियो । तर, विशेष परिस्थिति भन्दै एमालेले १ वर्ष अगावै विशेष महाधिवेशन गर्न लागेको हो ।