भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फरार भएका कैदीबन्दीहरूको नामावली सार्वजनिक गरिएको छ। कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीबन्दीहरूको नामावली सार्वजनिक गरेको हो।

विभागका अनुसार हालसम्म देशभरका विभिन्न कारागारमा नौ हजार आठ जना कैदीबन्दी फिर्ता भइसकेका छन्। तर अझै पाँच हजार ५४७ जना फरार कैदीबन्दी कारागार नफर्केका छन्।

ad

फरारमध्ये ५४० जना भारतीय नागरिक र १०८ जना अन्य देशका नागरिक रहेको विभागले जनाएको छ।

आइतबार बसेको गृहमन्त्रीस्तरीय निर्णयले बाँकी रहेका फरार कैदीबन्दीलाई कारागारमा शीघ्र फिर्ता ल्याउन र त्यसका लागि नामावली सार्वजनिक गर्ने निर्णय गरेको थियो ।