
जेनजी अगुवा मिराज ढुंगानाले विदेशमा रहेका ८० लाख नेपालीलाई मतदानको अधिकार दिलाउन माग गरेका छन् ।
आइतबार आकस्मिक पत्रकार सम्मेलन गर्दै ढुंगानाले कुनै पनि हालतमा विदेशमा रहेका मतदातालाई मतदानको अधिकार दिन माग गरेका हुन् ।
‘८० लाख नेपाली बाहिर बस्नुहुन्छ । यसलाई हेलचेक्य्राइँ गर्नुहुन्न । २६ प्रतिशत जनसंख्या हो । उहाँहरूलाई छुटाउनु हुन्न । तत्काल मतदानको व्यवस्था गर्नुपर्छ । आनाकानी गर्न पाइँदैन,’ ढुंगानाले भने, ‘हुलाकबाट भोटिङको अधिकार दिनुपर्छ । बकाइदा भोटको अधिकार दिनुपर्छ ।’










Facebook Comments