काठमाडौँ। सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने भएको छ। सर्वोच्चले अहिले टेन्टबाटै सेवा दिइरहेको छ। 

सर्वोच्चका सबै न्यायाधीश सहभागी पूर्ण बैठकले असोज २८ गतेदेखि रिट दर्ता गर्ने निर्णय गरेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सूचना जारी गर्दै आइतबार जनाएका हुन् ।

ad

कोइरालाका अनुसार गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगत भएको अब २८ गतेदेखि सुरु हुनेछ ।