
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुस्थित केपी शर्मा ओली निवासमा जारी छ । आजको बैठकमा धारणा राख्ने बाँकी पदाधिकारीहरुले बोलिरहेका छन् ।
शुक्रबारको बैठकमा ६ उपाध्यक्ष एक महासचिव र एक उपमहासचिवले धारणा राखेका थिए। वरिष्ठ उपाध्यक्ष र्इश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीलाई पद छाड्न सुझाएका थिए ।
हाल १९ सदस्यीय सचिवालयमा ओलीबाहेक उनको पक्षमा ४ जना मात्र देखिएका छन् । महासचिव शंकर पोखरेल, उपाध्यक्ष गुरु बराल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र बिष्णु रिमाल मात्र ओलीको पक्षमा खुलेका छन् । सरकारमा रहँदासम्म सचिवालयमा सुविधाजनक बहुमतमा रहेका ओली सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका छन् ।









Facebook Comments