
काठमाडौं । स्वास्थ्य अवस्थामा समस्या आएपछि शनिबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल अस्वस्थ भएपछि उनीहरूसँग वार्ता नै नबसी अस्पताल गएका थिए ।









Facebook Comments