
गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका डा. निकोलस भुसाललाई प्रहरीले सुधार केन्द्र पठाएको छ । आफूलाई अभियन्ता बताउने भुसाललाई प्रहरीले आज माइतीघरबाट पक्रेको थियो ।
पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा भुसालले गाँजा सेवन गरेको पुष्टि भएपछि उनलाई सुधार केन्द्र पठाएको हो । यसअघि पनि विभिन्न आन्दोलनका क्रममा पक्राउ पर्दा भुसालले गाँजा सेवन गरेको पाइएको प्रहरीको दाबी छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि समूहले आन्दोलनका लागि अनुमति नलिए पनि भुसालले मान्छे जम्मा गरी आन्दोलन गर्न उक्साएपछि पक्राउ परेका थिए ।









Facebook Comments