
काठमाडौँ। गृह मन्त्रालयले दुईजना पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी खोस्ने निर्णय गरेको छ।
गृह मन्त्रालयले बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको हो।
गृहका एक अधिकारीका अनुसार दाहालले मापदण्डभन्दा बढी ३४ र ओलीले २७ जना सुरक्षाकर्मी राखेको पाइएको छ। “मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय तुरुन्तै कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई लेखी पठाइनेछ,” ती अधिकारीले भने।
पूर्वप्रधानमन्त्रीको सुरक्षामा सरकारले सशस्त्र र नेपाल प्रहरीका अलग अलग टोली खटाउने गरेको छ।









Facebook Comments