
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
आज मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्कीले राष्ट्रपति निवास शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री खरेलले जानकारी दिए ।









Facebook Comments