
काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए मात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् ।
जेनजीले पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न सरकारसमक्ष माग गर्दै आएको सन्दर्भमा बस्नेतले यो भनाई सार्वजनिक गरेका हुन् ।
आज भक्तपुरको गुण्डुस्थित तिथलीमा आयोजित भेटघाट कार्यक्रममा बस्नेतले युवा संघले असोज २५ गते मोटरसाईल र्याली गरेर आफ्नो शक्ति देखाउने चेतावनी दिए ।
असोज २३ गते गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भए प्रमाण ल्याउन पनि उनले चुनौती दिएका छन् ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले गुण्डुमा कार्यकर्ता भेलाको आयोजना गरेको हो। कार्यक्रममा प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत एमालेका अन्य शीर्षस्थ नेताहरू पनि सहभागी भएका छन्।









Facebook Comments