काठमाडौं । प्रहरीले माइतीघरमण्डलामा प्रदर्शन गर्न खोज्ने डा. निकोलस भुषालसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  एसपी साह र सञ्जिव दाहाल पनि छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ad

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघर वरपर तथा मुख्य मुख्य चोकहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।